• १ असोज २०८३, बिहीबार
  • ५ः२४ बेलुका

नेप्सेमा उत्साहजनक उछाल, सूचक २९३१.५५ बिन्दुमा कायम

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ०३:३२

८ चैत,२०८२ काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ५४.५१ अंकले बढ्दै २९३१.५५ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै आज उल्लेखनीय कारोबार भएको हो।

National Life

आज ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत सूचकतर्फ अधिकांश क्षेत्रमा हरियाली देखिएको छ। माइक्रोफाइनान्स समूह सर्वाधिक ४.२१ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ समूह २.४९ प्रतिशत, विकास बैंक समूह २.४६ प्रतिशत, फाइनान्स समूह २.१३ प्रतिशत र होटल तथा पर्यटन समूह ३.०५ प्रतिशतले वृद्धि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आजको कारोबारले बजारमा सकारात्मक माहोल देखिएको संकेत गरेको छ। लगानीकर्ताहरूको सक्रियता बढ्दै जाँदा आगामी दिनमा बजार अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिकृया