• १९ असोज २०८३, सोमबार
  • १०ः३९ बिहान

ईद–उल–फित्रमा प्रधानमन्त्री कार्कीको शुभकामना: सद्भाव र सहकार्यले राष्ट्र समृद्ध बनोस्

प्रकाशित मिति

२०८२ चैत्र ७ गते, शनिबार ११:०९

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की ले ईद–उल–फित्रको अवसरमा आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुग्ने कामना गरेकी छिन्।

National Life

प्रधानमन्त्री कार्कीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको समापनसँगै मनाइँदै आएको ईद–उल–फित्रको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेकी हुन्।

उनले रमजान महिनाको व्रतले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गर्दै यसलाई सत्कर्म र संयमको महिना समेत भनिने बताएकी छिन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीले यी मूल्यहरूले समाजमा सहअस्तित्व, मानवता र समृद्धिका लागि प्रेरणा दिने विश्वास व्यक्त गर्दै ईद–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने अपेक्षा राखेकी छिन्।

प्रतिकृया