• ५ साउन २०८३, मंगलबार
  • ८:५७ बिहान

समानुपातिक सूचीमा नपरेपछि प्रकाश सपुत: परिवर्तनको यात्रामा मेरो उद्देश्य पूरा भयो

प्रकाशित मिति

२०८२ चैत्र ७ गते, शनिबार ०२:१८

७ चैत,२०८२ काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा नपरेपछि गायक तथा कलाकार प्रकाश सपुत ले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले देश र समाजका लागि केही गर्ने उद्देश्यका साथ राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै सूचीमा नपरे पनि आफ्नो प्रयास सफल भएको बताएका छन्।

सपुतले नयाँ राजनीतिक शक्ति निर्माण, पुराना राजनीतिक अभ्यासको अन्त्य र सकारात्मक परिवर्तनका लागि आफू अघि बढेको स्पष्ट पारे। छोटो समयमै उल्लेखनीय जनसमर्थन पाएको भन्दै उनले यसलाई उत्साहजनक रूपमा लिएको बताए। उनले व्यक्तिगत स्वार्थका लागि नभई समग्र देश परिवर्तनका लागि मत मागेको पनि उल्लेख गरे।

Kamana Sewa

सपुतले अब पनि समाज र राष्ट्रका लागि योगदान दिने प्रतिबद्धता दोहोर्‍याउँदै कलाकारितामार्फत जनचेतना फैलाउने कामलाई निरन्तरता दिने बताएका छन्। साथै, भविष्यमा देशको हितमा आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ छ।

Classic Tech Desktop

प्रतिकृया