• ५ साउन २०८३, मंगलबार
  • १०:४९ बिहान

चलचित्रको नाममा भ्रष्टाचार: ढकारी गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

प्रकाशित मिति

२०८२ चैत्र ५ गते, बिहीबार ०३:२५

५ चैत,२०८२ काठमाडौं- अछामको ढकारी गाउँपालिकामा बजेट दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा एक सञ्चार संस्थासँग सम्बन्धित व्यक्तिसहितले मिलेमतोमा करिब १२ लाख ७७ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ।

Kamana Sewa

अख्तियारका अनुसार चलचित्र निर्माणका नाममा नियमविपरीत सम्झौता गरिएको, बिना प्रतिस्पर्धा खरिद प्रक्रिया अपनाइएको, अत्यधिक पेश्की भुक्तानी गरिएको र नक्कली बिल प्रयोग गरी सरकारी रकम दुरुपयोग गरिएको पाइएको छ।

Classic Tech Desktop

उक्त कार्य भ्रष्टाचार निवारण ऐनअन्तर्गत पर्ने भएकाले सबै प्रतिवादीविरुद्ध बिगो असुलसहित कैद र जरिवाना माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रतिकृया