• १४ असोज २०८३, बुधबार
  • ४ः१४ बिहान

आज चैते दशैंको घटस्थापना

प्रकाशित मिति

२०८२ चैत्र ५ गते, बिहीबार ०९:१३

५ चैत,२०८२ काठमाडौं- आज देशभर चैते दशैंको घटस्थापना गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ७ बजेर ५१ मिनेटमा परेको हो।

National Life

समितिले घटस्थापना गर्दा उत्तरतर्फ फर्केर पूजा गर्न आग्रह गरेको छ। घटस्थापनासँगै चैते दशैं औपचारिक रूपमा सुरु भएको छ।

धार्मिक मान्यताअनुसार यही दिन मर्यादा पुरुष श्रीरामले १४ वर्षे वनवास पूरा गरी अयोध्या फर्किएको सम्झनामा चैते दशैं मनाउने गरिन्छ। वनवासबाट सकुशल फर्किएको खुशीमा अयोध्यावासीले असत्यमाथि सत्यको विजयका रूपमा यो पर्व मनाएको विश्वास छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया