• १४ असोज २०८३, बुधबार
  • १ः३८ राती

नेप्से २६.०७ अंकले घट्यो, करिब १२ अर्बको कारोबार

प्रकाशित मिति

२०८२ चैत्र २ गते, सोमबार ०४:५९

२ चैत,२०८२ काठमाडौं- साता कारोबारको दोस्रो दिन सोमबार NEPSE Index २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। आज बजारमा कुल ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

National Life

नेप्से उच्च अंकले घटेपछि उत्पादन तथा प्रशोधन उपसूचक मात्रै ०.२५ प्रतिशतले बढेको छ भने बाँकी १२ वटै उपसूचक राताम्मे बनेका छन्। आज सबैभन्दा धेरै बैंकिङ्ग उपसूचक १.६१ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट उपसूचक १.५२ प्रतिशतले र अन्य उपसूचक १.०९ प्रतिशतले गिरावट आएको छ।

बजारमा उत्साह नदेखिँदा २११ कम्पनीहरूको शेयरमूल्य घटेको छ भने ४८ कम्पनीहरूको मूल्य बढेको छ। यस्तै ४ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बजार दोहोरो अंकले घटे पनि ५ वटा कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

प्रतिकृया