• १४ असोज २०८३, बुधबार
  • ४ः२२ बिहान

धरहरा परिसरमा अब नि:शुल्क सवारी पार्किङ सुविधा

प्रकाशित मिति

२०८२ चैत्र २ गते, सोमबार ०५:०९

२ चैत,२०८२ काठमाडौं- काठमाडौं महानगरपालिका को व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण गरिएको सवारी पार्किङ सञ्चालनमा ल्याइएको छ। महानगरले फागुन १० गतेदेखि उक्त पार्किङ क्षेत्रको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो।

National Life

२०८२ फागुन ९ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको छ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार सुरुआती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको थियो। महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ सञ्चालनमा ल्याइएको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो। हाल पार्किङ रहेको तीन वटा तलामा प्रत्येक तलामा १० वटा दरले कुल ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको छ। यसअघि नौ वटा उपकरण भने पहिल्यै जडान गरिएको थियो।

सवारी सुरक्षालाई ध्यानमा राख्दै पार्किङ क्षेत्रमा सिसिटिभी क्यामरा पनि जडान गरिएको छ भने थप क्यामरा जडान गर्ने तयारी भइरहेको महानगरले जनाएको छ।

प्रतिकृया