• १३ असोज २०८३, मंगलबार
  • ९ः३९ राती

अध्यक्ष ओली पितृशोकमा रहेका बेला आरोप–प्रत्यारोप नगर्न योगेश भट्टराईको आग्रह

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ११:११

१ चैत,२०८२ काठमाडौं-  योगेश भट्टराईले केपी शर्मा ओली पितृशोकमा रहेको बेला पार्टीभित्र आरोप–प्रत्यारोप नगर्न आग्रह गरेका छन्।भट्टराईले अध्यक्ष ओली पितृशोकमा रहेकाले अहिलेको समय पार्टीका लागि पनि शोकको घडी भएको उल्लेख गर्दै यस्तो अवस्थामा एकअर्काप्रति नकारात्मक टिप्पणी गर्नु र घृणाजन्य अभिव्यक्ति दिनु उचित नहुने बताएका हुन्।

National Life

उनले भनेका छन्, “यो समय हामी सबैका लागि पनि शोकको घडी हो। यस्तो बेलामा एकअर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ।”

भट्टराईका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफू लगायत अन्य नेताहरूका बारेमा आधारहीन आरोप लगाउने, घृणायुक्त टिप्पणी गर्ने तथा झुटा सूचना फैलाउने काम भइरहेको छ। उनले नक्कली सामाजिक सञ्जाल परिचयहरू यस्ता गतिविधिमा सक्रिय रहेको पनि उल्लेख गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले पार्टीको एकता जोगाउने, संगठनलाई बहुआयामिक रूपमा रूपान्तरण गर्ने र गुमेको जनविश्वास पुनः प्राप्त गर्ने काम अहिले एमालेका  लागि सबैभन्दा महत्वपूर्ण दायित्व भएको बताए।

भट्टराईले उपयुक्त समय र स्थापित प्रक्रियामार्फत तथ्य र तर्कका आधारमा छलफल तथा बहस गर्न आवश्यक रहेको भन्दै गलत सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्ति रोक्न सबैलाई आग्रह गरेका छन्।

प्रतिकृया