• १४ असोज २०८३, बुधबार
  • ३ः१९ राती

सोलु हाइड्रोपावरको पहिलो कारोबार कतिमा भयो ?

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ११:२२

१ चैत,२०८२ काठमाडौं-  सेसनमा सोलु हाइड्रोपावरको शेयर स्पेशल प्रि–ओपन सेसनमा पहिलो पटक कारोबारमा आएको छ। कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको हो।

National Life

यसअघि कम्पनीको शेयर गत फागुन २८ गते नेप्से मा सूचीकृत भएको थियो। सूचीकृत शेयरमध्ये सर्वसाधारणका लागि जारी गरिएको २ करोड कित्ता र संस्थापक समूहले लगानी गरेको ८ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो। सोही दायरा भित्र रहेर चैत १ गते स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो शेयर कारोबार सम्पन्न भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया