• १८ असोज २०८३, आइतबार
  • ९ः४१ बिहान

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायकलाई नियम उल्लङ्घन नगर्न कडा चेतावनी

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार १२:५८

२८ फाल्गुन,२०८२ काठमाडौं-  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाह गर्दा नियम विपरीत काम नगर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कडा चेतावनी दिएको छ।

National Life

बोर्डले स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत कार्य भएमा कडा कारबाही गरिने जानकारी दिएको हो। सूचना अनुसार अबदेखि यस्तो गतिविधि नगर्न र सम्बन्धित ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

बीमितहरूलाई अस्पतालले औषधी छैन भनेर बाहिरबाट किन्न लगाउने, सस्तो खाले औषधी मात्र दिने, वा महँगो पर्ने औषधी किन्न लगाउने घटना बढेपछि बोर्डले चेतावनी जारी गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहले भने, “अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाबाट नियम विपरीत कार्य प्रमाणित भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ (१) (क) बमोजिम कारबाही गरिनेछ।”

प्रतिकृया