• १९ असोज २०८३, सोमबार
  • ११ः१० बिहान

इनिसा विक हत्या प्रकरणमा थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेत

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ०१:५४

सुर्खेत – सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली सुर्खेत पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान जिल्ला स्तरमै सम्पन्न भएको भए पनि घटनाको थप तथ्य पत्ता लगाउन सीआइबीको सहयोग लिएको हो।

National Life

प्रहरी निरीक्षकको कमाण्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए। उनका अनुसार घटनासँग सम्बन्धित मोबाइल तथा अन्य विद्युतीय सामग्री अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ।

पीडित र शंकास्पद पक्षसँग सम्बन्धित सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टेक्नोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, कर्णाली प्रदेश प्रहरी कार्यालय, नेपालगञ्जबाट पोलिग्राफ परीक्षण टोली पनि सुर्खेत पुगेको छ। प्रहरीका अनुसार, पोलिग्राफ परीक्षणबाट बयानको सत्यता जाँच गर्न सहयोग पुग्नेछ।

प्रतिकृया