• ४ साउन २०८३, सोमबार
  • ७:५८ बेलुका

विष्णु पौडेलको उपनिर्वाचन खर्च विवरण: प्रचार, सवारी, छपाइ र सामग्रीमा कति खर्च ?

प्रकाशित मिति

२०८२ फाल्गुन २६ गते, मंगलवार ०५:२५

रुपन्देही। एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देही–२ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा गरेको चुनावी खर्च २८ लाख ७ हजार १०० रुपैयाँ रहेको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि आफ्नो सम्पूर्ण खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ। पौडेलले प्रचार–प्रसार, सवारी साधन, छपाइ, विद्युतीय माध्यम प्रयोग, गोष्ठी, कार्यकर्ता परिचालन तथा कार्यालय सञ्चालन लगायत शीर्षकमा खर्च विवरण पेश गरेका छन्।

Kamana Sewa

उनीले विवरणअनुसार मतदाता नामावली खरिदमा ९८ हजार, सवारी साधन भाडा तथा इन्धनमा ६ लाख ४६ हजार २४२, छपाइ/विद्युतीय माध्यममा ५ लाख ३८ हजार, चुनावी सामग्रीमा ९ लाख ५० हजार खर्च गरेको देखाइएको छ।

Classic Tech Desktop

रुपन्देही–२ उपनिर्वाचनमा पौडेल पराजित भएका थिए। निर्वाचित सुलभ खरेलले ५६ हजार ५५० मत पाएका थिए भने पौडेलले १२ हजार ८६१ मत मात्रै प्राप्त गरेका थिए।

प्रतिकृया