• १७ असोज २०८३, शनिबार
  • १ः४८ दिउँसो

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा करिब ४८ प्रतिशत मतसहित अगाडि

प्रकाशित मिति

२०८२ फाल्गुन २६ गते, मंगलवार ०३:३६

२६ फाल्गुन,२०८२ काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। मंगलबार अपराह्न २:३० बजेसम्म एक करोड पाँच लाखभन्दा बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाखभन्दा बढी मत पाएको छ।

National Life

हालसम्मको परिणामअनुसार रास्वपाले करिब ४८ प्रतिशत मत पाएको छ भने नेपाली कांग्रेसले १६.२ प्रतिशत, नेकपा एमालेले १३.५ प्रतिशत र नेपाल कम्युनिस्ट पार्टीले ७.३ प्रतिशत मत प्राप्त गरेका छन्।

प्रत्यक्षतर्फ उम्मेदवार निर्वाचित गराएका श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि तीन प्रतिशत मत कटाएका छन्। नेपालभर करिब एक करोड १० लाख समानुपातिक मत खसेको बताइएको छ भने अब केही लाख मत मात्र गणना गर्न बाँकी छ।

Classic Tech Mobile
Classic Tech Desktop

समानुपातिक प्रणालीअन्तर्गत ११० सिट बाँडफाँट गर्न फ्रान्सेली गणितिज्ञ सेन्ट–लेग्यूले प्रतिपादन गरेको सूत्र प्रयोग गरिन्छ। यस विधिअनुसार पार्टीले पाएको कुल मतलाई १, ३, ५, ७ जस्ता बिजोर संख्याले भाग गरेर प्राप्त अनुपातका आधारमा सिट निर्धारण गरिन्छ।

अन्तिम सिट बाँडफाँटको निर्णय भने निर्वाचन आयोगले गर्नेछ।

प्रतिकृया