कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ:योगेश भट्टराई
प्रकाशित मिति
२०८२ फाल्गुन २५ गते, सोमबार ०१:५०
२५ फाल्गुन,२०८२ काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फेसबुकमा प्रकाशित सन्देशमार्फत पार्टी भित्र सर्वाङ्गीण रूपान्तरणको आवश्यकता औँल्याउँदै नेता–कार्यकर्तालाई सक्रिय सहभागितामा आह्वान गरेका छन्।
भट्टराईले भने, “कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ। सही नीति, सही संगठन, सही नेतृत्व र सही कार्यशैलीमार्फत हामी उठ्नेछौँ।” उनले हालैको निर्वाचनमा जनताले पार्टीको नीति र नेतृत्वलाई ‘शान्तिपूर्ण अस्वीकृति’ दिएको बताएका छन्।
उनले पार्टीको विगतका नीतिहरू, विशेषगरी भाद्र २३ र २४ पछि लागू गरिएका नीतिहरू सही नभएको बताए र त्यसमा सुधार गर्न नेतृत्व र सिगो पार्टी पन्तिलाई पटक–पटक अनुरोध गरिएको तर सफल नहुने उल्लेख गरे।
भट्टराईले पार्टीभित्र खुला बहस, सुझाब तथा आलोचना र सामूहिक बुद्धि र पहलबाट मात्र वर्तमान चुनौतीहरू पार गर्न सकिने बताए। साथै उनले सबै तहगत कमिटी, नेता–कार्यकर्ता, जनसंगठन र प्रवासका सदस्यलाई राय–सुझाव पठाउन आग्रह गरे।
उनले राष्ट्रिय एकता, नेपाली सार्वभौमिकता र बाम–लोकतान्त्रिक विचारधाराको संरक्षणका लागि सकारात्मक सहकार्यको आवश्यकता पनि जोड दिए।








प्रतिकृया