• १८ असोज २०८३, आइतबार
  • ११ः०१ बिहान

गोरखा–१ मा सुदन गुरुङको जित पक्का, अग्रता १० हजार मतभन्दा बढी

प्रकाशित मिति

२०८२ फाल्गुन २५ गते, सोमबार ११:२२

२५ फाल्गुन,२०८२ काठमाडौं- गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङको जित लगभग निश्चित भएको छ। ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजारभन्दा बढी मत गणना हुँदा गुरुङले २४ हजार ५१ मत प्राप्त गरेका छन्।

National Life

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १३ हजार ५११ मत पाएका छन्। बाँकी मत १० हजार ५ सयभन्दा कम रहेकाले गुरुङको अग्रता अझै कायम रहने देखिन्छ।

तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारी छन्, जसले १० हजार २३१ मत ल्याएका छन्। चौथो स्थानमा एमालेका आरसी लामिछाने रहेका छन्, जसले ३ हजार ८० मत पाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया