• १९ असोज २०८३, सोमबार
  • १०ः४५ बिहान

कांग्रेस, एमाले र अन्य दलका सभापति–अध्यक्षहरू समेत यी क्षेत्रमा पराजित

प्रकाशित मिति

२०८२ फाल्गुन २५ गते, सोमबार ११:११

२५ फाल्गुन,२०८२ काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा अधिकांश दलका शीर्ष नेताहरू चुनावमा पराजित भएका छन्। रास्वपा सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहेक अन्य धेरै पार्टी अध्यक्ष तथा सभापतिहरू चुनाव जित्न सकेनन्।

National Life

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली झापा–५ मा रास्वपाका बालेन शाहसँग फराकिलो मतान्तरले पराजित भए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ मा रास्वपाका प्रकाश पाठकसँग हारे।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा रास्वपाका अमरेश सिंहसँग पराजित भए भने नवगठित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डेसँग हारे।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरीसँग पराजित भए। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही–२ मा रास्वपाका रविन महतोसँग हारे भने जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ मा रास्वपाका रामजी यादवसँग पराजित भए।

यस निर्वाचनमा रास्वपाका नयाँ अनुहारहरू उदाउँदै पुराना तथा अनुभवी नेताहरूलाई चुनौती दिँदै संसदमा प्रवेश गरेका छन्।

प्रतिकृया