• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री भारी मतान्तरसहित विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार ०२:०२

२३ फाल्गुन,२०८२ भक्तपुर- भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गरेका छन्।

National Life

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेत ले १० हजार ९६६ मत प्राप्त गरेका छन्। खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन्। यस्तै नेपाली कांग्रेसका कविर राणा ले ८ हजार ४०१, नेमकिपाका रमेश वैद्य ले ३ हजार ७५३ र नेकपाका रामप्रसाद सापकोटा ले १ हजार ३२३ मत प्राप्त गरेका छन्।

पूर्वपत्रकारसमेत रहेका खत्री निर्वाचनअघि रास्वपामा प्रवेश गरेका थिए। विजयी भएपछि उनले मतदाताप्रति आभार व्यक्त गर्दै भक्तपुर–२ को विकास, सुशासन र पारदर्शिताका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया