• १९ असोज २०८३, सोमबार
  • १ः४७ दिउँसो

दाङ–२ मा रास्वपाका विपिनकुमार आचार्य विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २३ गते, शनिबार ०२:०९

२३ फाल्गुन,२०८२ दाङ- दाङ–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य भारी मतान्तरसहित विजयी भएका छन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेल लाई २८ हजार २७५ मतान्तरले पराजित गरेका हुन्। कुल ८२,०६ मत मध्ये आचार्यले ४३,५५७ मत प्राप्त गरेका छन्। पोखरेलले १५,२८२ मत ल्याएका थिए।

National Life

त्यसैगरी, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे ले ११,२७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्य ले ७,८१ मत प्राप्त गरेका छन्। विजयी घोषित हुनुअघि नै पोखरेलले पराजय स्वीकार्दै आचार्यलाई विजयीको शुभकामना दिएका थिए।

प्रतिकृया