• १४ असोज २०८३, बुधबार
  • १ः१९ राती

नेपाल राष्ट्र बैंकले आज ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार १०:४४

१७ फाल्गुन,२०८२ काठमाडौं – बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ८७ दिन अवधिको अल्पकालीन उपकरणमार्फत उक्त रकम उठाउन लागेको जनाएको छ।

National Life

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन प्रक्रियाअन्तर्गत न्यूनतम आवेदन रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम ५ अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बाँकी रकम निःशेष भागअनुसार बाँडफाँट गरिने बताइएको छ।

यस कार्यक्रममा सहभागी हुन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकबाट ‘क’, ‘ख’ वा ‘ग’ वर्गको इजाजतप्राप्त हुनुपर्नेछ। बोलकबोल प्रक्रियाबाट निर्धारण हुने ब्याजदरमा निक्षेप संकलन गरिने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्र बैंकले संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते गर्ने जनाएको छ। बैंकिङ प्रणालीमा हाल अधिक तरलता देखिएपछि बजारमा उपलब्ध अतिरिक्त रकम व्यवस्थापन गर्न केन्द्रीय बैंकले समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

प्रतिकृया