• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

शिखर पावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार १०:०३

१७ फाल्गुन,२०८२ काठमाडौं – शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड सम्पन्न गरेपछि आज फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दालाई र २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड गरिसकिएको छ।

Kamana Sewa

पहिलो चरणपछि बाँकी रहेको १९ लाख ९७ हजार ७७८ कित्तामध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

Classic Tech Desktop

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आवेदन दिने अन्तिम मिति फागुन २६ गते तोकिएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा ईक्रा नेपाल लिमिटेडले कम्पनीलाई “ईक्रा एनपी इस्यूअर रेटिङ डबल बी” प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले यो रेटिङ गत मंसिर २५ गते प्राप्त गरेको हो भने आगामी मंसिर २४ गतेसम्म बहाल रहनेछ।

प्रतिकृया