• १४ असोज २०८३, बुधबार
  • २ः४३ राती

दुर्गा प्रसाईं फेरि पक्राउ

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार ०९:४९

१७ फाल्गुन,२०८२ काठमाडौं – ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं आज फेरि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई बिहीबार बिहान भक्तपुरस्थित उनको निजी निवासबाटै पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा नियन्त्रणमा लिइएको हो।

National Life

यसअघि प्रसाईंलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो। हिरासतमा रहेका बेला उनकी पत्नी उमा प्रसाईंले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार प्रसाईं फागुन १३ गते रिहा भएका थिए।

प्रसाईंको पुनः पक्राउसँगै राजनीतिक तथा सामाजिक वृत्तमा चासो बढेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया