• ३१ भदौ २०८३, बुधबार
  • १०ः१० राती

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ फाल्गुन १३ गते, बुधबार ०९:२१

१३ फाल्गुन,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग ले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ।विभागका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा अन्य पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

National Life

देशका अधिकांश पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना छ। गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। अन्य पहाडी भू–भागमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया