• १ असोज २०८३, बिहीबार
  • ६ः४० बिहान

रास्वपाको परिवर्तन उद्घोष सभा आज सुर्खेतमा

प्रकाशित मिति

२०८२ फाल्गुन ७ गते, बिहीबार ०९:०४

७ फाल्गुन, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा परिवर्तन उद्घोष सभा आयोजना गर्न लागेको छ। पार्टीका अनुसार सभा अपरान्ह १२ बजेदेखि सुरु हुनेछ। सभालाई रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यतालिका रहेको जनाइएको छ।

National Life

रास्वपाले बुधबार धनगढीबाट अभियान सुरु गरेको थियो। सुर्खेतपछि पार्टीले भैरहवा, पोखरा, चितवन र इटहरीमा समेत सभा आयोजना गर्ने तयारी गरेको जानकारी दिएको छ।

पार्टीले देशव्यापी रूपमा आफ्नो राजनीतिक एजेण्डा र परिवर्तनको अभियानलाई सशक्त बनाउने उद्देश्यले विभिन्न सहरमा सभा गर्दै आएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया