• १९ असोज २०८३, सोमबार
  • ८ः१८ राती

हिमालयन लाइफको १९औँ वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार ११:४६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार सम्पन्न भएको छ ।

National Life

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभाबाट स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे र सञ्चालकमा दीपक नेपालको नियुक्ति अनुमोदन गरिएको छ। साथै सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पनि स्वीकृत गरिएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त गर्ने प्रस्ताव पारित गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सभाले नियामक निकायबाट कुनै संशोधन वा परिमार्जनको निर्देशन आएमा सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ। साथै कम्पनी ऐनको दफा १०५(१)(ग) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा भएको खर्चसमेत अनुमोदन गरिएको छ ।

प्रतिकृया