अख्तियारद्वारा पुरस्कृत ३५ प्रहरी कर्मचारीलाई प्रहरी महानिरीक्षक कार्कीद्वारा बधाई ज्ञापन
प्रकाशित मिति
२०८२ माघ २९ गते, बिहीबार ११:४२
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यक्रम गरेर बधाई तथा सम्मान गरेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा आयोगमा कार्यरत ३५ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक ज्ञान एवम् लगनशीलताको उच्च प्रदर्शन गर्दै खटिएको ठाउँमा अनुसन्धानको क्षेत्रमा गरेको उत्कृष्ट कार्यसम्पदानको मूल्याङ्कनको आधारमा पुरस्कृत भएका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी संगठनको तर्फबाट हार्दिक बधाई दिए ।
प्रहरी महानिरीक्षक कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उद्देश्य पूर्ति गर्दै राष्ट्रलाई सुशासनतर्फ डोर्याउन आयोगमा खटिएका प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत थप व्यावसायिकता प्रदर्शन गर्दै इमानदारिताका साथ अझ कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।








प्रतिकृया