• १९ असोज २०८३, सोमबार
  • ८ः१८ राती

फागुनका लागि पनि बैंकहरूले घटाए ब्याजदर, यस्तो विवरण छ

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार ११:५६

२९ माघ,२०८२ काठमाडौं – वाणिज्य बैंकहरूले फागुन महिनादेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले जारी गरेको विवरणअनुसार अधिकांश बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।

National Life

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ४.६८ प्रतिशतमा रहेकोमा फागुनमा ०.११ प्रतिशत बिन्दुले घटेर ४.५६ प्रतिशतमा झरेको छ। संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि ०.०५ प्रतिशत बिन्दुले घटेको छ।

फागुन महिनाको विवरणअनुसार ९ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाएका छन्। यसमध्ये सबैभन्दा ठूलो कटौती ग्लोबल आइएमई बैंकले गरेको छ, जसले माघ महिनामा ५.५ प्रतिशत रहेको ब्याजदर घटाएर फागुनमा ४.७५ प्रतिशत कायम गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

तर, सबै बैंकले ब्याजदर घटाएका छैनन्। ११ वटा बैंकले माघ महिनामा लागू गरिएको ब्याजदरलाई फागुनमा पनि यथावत् राखेका छन्।

प्रतिकृया