• १९ असोज २०८३, सोमबार
  • ८ः१८ राती

हिमाली जिल्लाको चुनावी अवस्था बुझ्न प्रधानमन्त्री कार्की आज सोलुखुम्बुमा

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार १२:०५

२९ माघ,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे स्थलगत अवलोकनका लागि आज सोलुखुम्बु पुगेकी छन्। बिहान बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टर अगुस्टा एनए ०५८ चढेर नाम्चे हुँदै सदरमुकाम सल्लेरी पुगेकी प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूले स्वागत गरेका छन्।

National Life

भ्रमणका क्रममा प्रधानमन्त्री कार्की सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, पाँचथर र सुनसरी जिल्लाका सुरक्षा संयन्त्रसँग छलफल गर्ने कार्यक्रममा सहभागी हुने बताइएको छ। उनी आज इटहरीमा बसेर भोलि काठमाडौं फर्किने जनाइएको छ।

प्रतिकृया