हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले पहिलो छ महिनामा ३ अर्ब २७ करोड राजस्व संकलन
प्रकाशित मिति
२०८२ माघ २३ गते, शुक्रबार १२:०७
हेटौँडा — हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा कुल ३ अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ८ करोड ८६ लाख बढी हो।
कार्यालयका अनुसार यस अवधिमा अन्तशुल्कतर्फ १ अर्ब ८८ करोड, आयकरतर्फ ५९ करोड ३२ लाख, मूल्य अभिवृद्धि करतर्फ ४६ करोड ७१ लाख, स्वास्थ्य जोखिम करतर्फ २७ करोड ७३ लाख, ब्याजकरतर्फ ३ करोड ६९ लाख र बहालकरतर्फ ८१ लाख २६ हजार रुपैयाँ संकलन भएको छ।
साथै, कर दाखिला नगर्ने करदातालाई घरमै पुगेर, टेलिफोन र एसएमएसमार्फत सम्झाइ, कर छुटसम्बन्धी जानकारी दिइ १० करोड रुपैयाँ बक्यौता राजस्व पनि असुली गरिएको कार्यालय प्रमुखले बताए।
यस कार्यालयमा आयकरतर्फ ३३ हजार, मूल्य अभिवृद्धि ५ हजार, अन्तशुल्क १ हजार ५ सय, विथहोल्ड ७ सय र व्यक्तिगत करदाताका ८१ हजारभन्दा बढी करदाता सूचीकृत छन्।






प्रतिकृया