• १ असोज २०८३, बिहीबार
  • ६ः४५ बिहान

आयोग भन्छ– निर्वाचन रोक्ने शक्ति कसैसँग छैन

प्रकाशित मिति

२०८२ माघ २३ गते, शुक्रबार १२:००

२३ माघ,२०८२ काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। निर्वाचन घोषणा भएदेखि नै सुरक्षा व्यवस्थाबारे सरकार र सुरक्षा निकायसँग निरन्तर समन्वय र छलफल गरिएको उनले बताए।

National Life

भण्डारीले प्रारम्भमा सुरक्षालाई लिएर विभिन्न आशंका भए पनि हाल अवस्था सहज बनेको उल्लेख गरे। मतदाता, उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको सुरक्षालाई प्राथमिकतामा राखेर तयारी गरिएको उनको भनाइ छ।

हालको सुरक्षा मूल्याङ्कनअनुसार निर्वाचन बिथोल्ने प्रयास सफल नहुने र मतदान प्रक्रिया सुरक्षित रूपमा अघि बढ्ने आयोगको निष्कर्ष रहेको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया