• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रकाशित मिति

२०८२ माघ २३ गते, शुक्रबार ०९:३४

२३ माघ,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गर्दै सार्वजनिक गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।

National Life

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र क्यानेडियन डलर एकको १०५ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ २८ पैसा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जापानी येन १० को खरिददर ९ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको २० रुपैयाँ ७९ पैसा, साउदी रियाल एकको ३८ रुपैयाँ ४७ पैसा र कतारी रियाल एकको ३९ रुपैयाँ ५८ पैसा तोकिएको छ।

त्यसैगरी थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको पनि छुट्टाछुट्टै विनिमयदर निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको दर समेत सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने बताइएको छ।

प्रतिकृया