• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

जन्ती बस दुर्घटना अपडेट: मृतक संख्या १३ पुग्यो

प्रकाशित मिति

२०८२ माघ २३ गते, शुक्रबार ०९:३९

बैतडी — जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। आठ जनाको घटनास्थलमै र थप पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार पुर्चौडी–७ बडगाउँ मोडमा दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र ४१ वर्षीय विसनदत्त जोशी रहेका छन्। यस्तै, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला तथा पुर्चौडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थीको पनि घटनास्थलमै मृत्यु भएको छ। एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Kamana Sewa

डडेल्धुरा अस्पतालमा मृत्यु हुनेमा बित्थडचिर–७ का १७ वर्षीय विसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्यु–७ बस्सीका २७ वर्षीय केशवराज भट्ट र पुर्चौडी–७ का १५ वर्षीय सुशील जोशी रहेका छन्।

Classic Tech Desktop

दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसमा वर–वधु भने सवार नरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया