• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

आज तराईमा हुस्सु, पहाड र हिमालमा मौसम सफा रहने

प्रकाशित मिति

२०८२ माघ २३ गते, शुक्रबार ०९:३०

२३ माघ,२०८२ काठमाडौं –  आज देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने पहाडी र हिमाली क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।

National Life

महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रहरूमा भने मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो कायम रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया