• १९ असोज २०८३, सोमबार
  • ८ः५५ राती

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ८ जनाको मृत्यु

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार १०:१९

बझाङ — बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–७ स्थित बडगाउँ घुम्तीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको पवनदूत यातायातको सुपप्र ०२-००१ ख १११९ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

National Life

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपीका अनुसार दुर्घटनामा १ महिला र ७ पुरुषको ज्यान गएको छ। हालसम्म ४ जनाको मात्र पहिचान खुलेको छ। मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव जोशी, १३ वर्षीय अशोक जोशी, ३५ वर्षीय बसन्त जोशी र केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट रहेका छन्।

दुर्घटनामा घाइते भएका ४५ जनाको उद्धार गरी कोटीला स्वास्थ्य चौकी पठाइएको छ। उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया