• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

नेशनल लाईफ इन्स्योरेन्स को १ दिने तालिम सम्पन्न

प्रकाशित मिति

२०८२ माघ १७ गते, शनिबार ०२:५८

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरी छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ ।

National Life

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलज्युको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरुलाइ धुलिखेल स्थित होटल सारथीमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए ।

उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए । कम्पनीका उपप्रमुख कार्यकरी अधिकृत स्मृती राज कडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफुले आत्मसात गरेको अभिकर्ता पेशालाइ व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले विभिन्न अभिकर्तामैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरुलाइ उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा, प्रगती र पेशागत उत्कृष्टताको नाराका साथ मासिक योजना मन्थन जारी गरिएको बताईन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यो योजनामा देशैभरबाट ७ सयभन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको उनले बताईन् । साथै उनले शाखा स्तरयि प्रथम द्वितीय र तृतिय हुन सफल अभिकर्ताहरुलाइ मायाको चिनो प्रदान गरेकी थिईन् । कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले यस प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेशामा उत्कृष्टता हासिल गरि प्रतिस्पर्धात्मक बजारमा आफुलाइ अब्बल साबित गर्न सक्ने बताए ।

कार्यक्रममा साहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बिमा ब्यबसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको बताएका थिए । सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहेनतका साथ आफ्नो पेशालाई अगाडि बढाउने बताएका थिए ।

प्रतिकृया