• १३ असोज २०८३, मंगलबार
  • ५ः०३ बिहान

सुदूरपश्चिम पुगेपछि बालेनको फेसबुक स्टाटस– ‘सुदूर अब दूर नाई’

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार ०२:४६

१४ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन्द्र साह ‘बालेन’ सुदूरपश्चिम पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका लागि उनी सुदूरपश्चिम पुगेका हुन् ।

National Life

सुदूरपश्चिम पुगेको जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा सुदूरपश्चिमकै भाषामा स्टाटस लेखेका छन् । उनले लेखेका छन्, ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !’

हिउँमा उभिएको तस्बिरसहित राखिएको उक्त स्टाटसले आफू सुदूरपश्चिम आइपुगेको र अब यो क्षेत्र टाढा नभएको सन्देश दिएको छ । साथै, सुदूरपश्चिमप्रति आफ्नो गहिरो माया र आत्मीयता रहेको सन्देशसमेत बालेनले व्यक्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया