• १३ असोज २०८३, मंगलबार
  • ६ः५२ बिहान

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार ०२:५०

१४ माघ,२०८२ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रतिवेदन राष्ट्रपति पौडेललाई पेस गरेका हुन् ।

National Life

माघ ११ गते सम्पन्न निर्वाचनबाट १८ जना राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् । प्रतिवेदन पेस गर्ने कार्यक्रममा निर्वाचन आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया