• १३ असोज २०८३, मंगलबार
  • ४ः२६ बिहान

रवि लामिछाने उपचाररत, स्वास्थ्य अवस्था सामान्य

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार ०१:५१

१४ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।

National Life

जनकपुरमा माघ ५ गते आयोजित कार्यक्रममा देव्रे खुट्टामा चोट लागेपछि औषधि सेवन गर्दा पनि स्वास्थ्य सुधार नभएको र संक्रमण (सेलुलाइटिस) देखिएपछि उनी मंगलबार भर्ना भएका हुन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइका अनुसार लामिछानेको हाडजोर्नी विभागमा उपचार भइरहेको छ र हाल उनको स्वास्थ्य अवस्था सामान्य छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया