• ४ साउन २०८३, सोमबार
  • २:०३ बिहान

मौसम: उच्च पहाडी भू–भागमा हिमपात, केही स्थानमा मेघगर्जनसहित वर्षा

प्रकाशित मिति

२०८२ माघ १३ गते, मंगलवार ०९:२२

१३ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) र बुधबार (भोलि) देशका सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिएको छ । यसका कारण आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । बाँकी भू–भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।

Kamana Sewa

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

Classic Tech Desktop

यस मौसमीय प्रणालीको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने देखिएको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिनसमेत अनुरोध गरिएको छ ।

प्रतिकृया