• १३ असोज २०८३, मंगलबार
  • ११ः३३ राती

कोशी प्रदेशमा नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार १२:०२

विर्तामाड । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका अभिकर्ताहरुलाई विर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ३०० जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

National Life

कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वित्तीय र तृत्तीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसैगरी सो अवसरमा कम्पनीले वार्षिक योजनाअन्तर्गत जारी गरेको नेशनल अवार्ड योजनाको नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, र प्रमणपत्रबाट सम्मा गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

कायृक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेशस्तरीयरुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट भएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । उनले कम्पनीले ल्याएको सिईओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताउँदै कम्पनीले सबै तहका अभिकर्ताहरु माझ लोकप्रिय हुने यस्ताखाले योजनाहरु ल्याउन हरसंभव प्रयासरत रहेको पनि बताए ।

सो अवसरमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेका थिए । समारोहमा सहभागी अभिकर्ताहरुले तालिमबाट थप उर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा गर्व महशुस भएको बताएका थिए ।

प्रतिकृया