• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ०९:२७

१२ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ । बाँकी हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा भइरहेको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

Kamana Sewa

त्यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ ।

Classic Tech Desktop

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिकृया