न्यून चापीय प्रणालीको प्रभाव, उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना
प्रकाशित मिति
२०८२ माघ ११ गते, आईतवार १०:३२
११ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशलगायत पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा अन्य भू–भागमा आंशिक बादल रहने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा अन्य उच्च पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना पनि छ ।
यस्तै आज राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा हुन सक्ने अनुमान गरिएको छ ।







प्रतिकृया