• १ असोज २०८३, बिहीबार
  • ७ः१२ बेलुका

भक्तपुर बाल सुधार गृहमा झडप, १३ जना घाइते

प्रकाशित मिति

२०८२ माघ ९ गते, शुक्रबार ११:४९

९ माघ,२०८२ काठमाडौं – बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको उपचार अस्पतालमा भइरहेको छ। झडपपछि १६२ जनालाई अन्य स्थानमा स्थानान्तरण गरी सुधार गृह खाली गरिएको छ।

National Life

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जगेबुका अनुसार झडप एक पक्षले अर्को पक्षलाई हेप्ने र पिट्ने क्रममा सुरु भएको थियो। झडपका क्रममा आगजनीसमेत भएको थियो। प्रहरी घटनास्थलमा पुगे पनि बाल सुधार गृहभित्र ढुंगामुढा भएपछि नियन्त्रणमा आउन कठिनाइ भएको थियो।

उक्त बाल सुधार गृहमा जम्मा १६४ जना थिए। अहिले सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बाल सुधार निगरानी कक्षमा राखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया