• १ असोज २०८३, बिहीबार
  • ६ः०४ बेलुका

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै

प्रकाशित मिति

२०८२ माघ ९ गते, शुक्रबार ११:३९

९ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दै पार्टीको कमान्ड औपचारिक रूपमा सम्हाल्ने भएका छन्। काठमाडौँमा गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए।

National Life

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ। दिउँसो १ बजे बस्ने उक्त बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले आजैबाट औपचारिक रूपमा पार्टीको नेतृत्व सम्हाल्ने भएका छन्।

प्रतिकृया