• १ असोज २०८३, बिहीबार
  • ५ः२४ बेलुका

पाल्पा सिमेन्टको आईपीओ आवेदन मिति माघ ११ गतेसम्म थप

प्रकाशित मिति

२०८२ माघ ९ गते, शुक्रबार ११:२७

९ माघ,२०८२ काठमाडौं – पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आवेदन मिति थप गरेको छ। कम्पनीले पुष २५ गतेदेखि स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा मागभन्दा कम आवेदन परेपछि आवेदन अवधि माघ ११ गतेसम्म लम्ब्याइएको हो।

National Life

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको हो।

उक्त शेयर पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि जारी गरिएको कम्पनीले जनाएको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिकृया