• १ असोज २०८३, बिहीबार
  • १२ः०८ दिउँसो

नेपाली बजारमा सुनको नयाँ रेकर्ड, तोलामा तीन लाख नाघ्यो

प्रकाशित मिति

२०८२ माघ ९ गते, शुक्रबार ११:२१

९ माघ,२०८२ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य तोलामा तीन लाख रुपैयाँ नाघेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकै दिनमा तोलामा ९ हजार २०० रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३२० रुपैयाँले बढेर छ हजार १९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूले बताएका छन्।

प्रतिकृया