• १ असोज २०८३, बिहीबार
  • १०ः५६ बिहान

आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता, अपराह्न निर्वाचन चिह्न वितरण

प्रकाशित मिति

२०८२ माघ ९ गते, शुक्रबार ११:०३

९ माघ,२०८२ काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। यस्तै, आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

National Life

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ माघ ७ गते दाबी–विरोधमा उजुरी दिने समय तोकिएको थियो। उक्त दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गरिएको थियो। त्यसपछि दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो। कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने छ। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना सदस्य निर्वाचित हुनेछन्।

प्रतिकृया