• ३ साउन २०८३, आइतबार
  • ९:२२ बिहान

अमेरिका डब्ल्यूएचओबाट किन पूर्ण रूपमा बाहिरियो ?

प्रकाशित मिति

२०८२ माघ ९ गते, शुक्रबार ०१:१३

९ माघ,२०८२ वासिङ्टन – अमेरिका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पूर्ण रूपमा बाहिरिएको छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र अमेरिकी विदेश विभागले यसबारे औपचारिक घोषणा गरेका हुन्।

स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी, जुनियर र विदेश सचिव मार्को रुबियोले डब्ल्यूएचओमा अमेरिकी सदस्यता अब समाप्त भएको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा डब्ल्यूएचओ छोड्ने निर्णय सार्वजनिक गरेका थिए।

Kamana Sewa

वर्षभरि चलिरहेको प्रक्रियामा अमेरिकाले डब्ल्यूएचओलाई दिने आर्थिक सहयोग रोक्दै आफ्ना सबै कर्मचारी फिर्ता बोलाइसकेको थियो। अब अमेरिकाले डब्ल्यूएचओसँग सीमित मात्र समन्वय गर्ने जनाएको छ।

Classic Tech Desktop

ट्रम्प प्रशासनले डब्ल्यूएचओले कोभिड–१९ को प्रारम्भिक चरणमा विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्न ढिलाइ गरेको र चीनप्रति कडा कदम नचालेको आरोप लगाउँदै यसको औचित्य नभएको बताउँदै आएको थियो।

डब्ल्यूएचओबाट बाहिरिएपछि पनि अमेरिका अन्य देश, निजी क्षेत्र, गैर–सरकारी संस्था र धार्मिक संस्थाहरूको माध्यमबाट विश्वव्यापी स्वास्थ्य नेतृत्वमा संलग्न हुने योजना बनाएको छ। अमेरिका वार्षिक औसत १११ मिलियन डलर डब्ल्यूएचओलाई आर्थिक सहयोग गर्दै आएको थियो र कैयौं स्वयंसेवक पनि खटाउँथ्यो।

प्रतिकृया