महेश बस्नेतले बालेन शाहको भाषणप्रति टिप्पणीमा मागे माफी
प्रकाशित मिति
२०८२ माघ ८ गते, बिहीबार ०२:१४
८ माघ,२०८२ काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाहको जनकपुरधाममा दिएको भाषणप्रति गरेको आफ्नो टिप्पणीप्रति माफी मागेका छन्।
सामाजिक सञ्जालमार्फत बस्नेतले आफू मधेश, मैथिली भाषा, संस्कृति र पहिचानको सधैं सम्मान गर्ने व्यक्ति भएको बताएका छन्। उनले भनेका छन् कि उनले नबोलेका विषयलाई गलत अर्थ लगाएर प्रचार नगर्न अनुरोध गर्दै, कसैलाई अन्जानमा चोट पुगेको भए क्षमायाचना गरेको बताएका छन्।
उनले स्पष्ट पारेका छन्, “बालेन भाइले ‘म मधेशको छोरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। मैले नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अन्जानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।”
बस्नेतको यो माफीसँगै सामाजिक सञ्जालमा फैलिएको विवादलाई शान्त पार्ने प्रयास भएको देखिएको छ।






प्रतिकृया