• १ असोज २०८३, बिहीबार
  • १ः३० दिउँसो

रास्वपा प्रवेशको २४ घण्टामै एमाले फर्किए युवासंघ दमकका सचिव कमल गैरे

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार ०२:२५

८ माघ,२०८२ काठमाडौं –  नेकपा एमालेनिकट युवासंघ दमकका सचिव कमल प्रसाद गैरे पुनः एमालेमै फर्किएका छन्। बुधबार बालेन शाहलाई प्रधानमन्त्री बनाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका गैरे २४ घण्टा नबित्दै एमालेमा फर्किएका हुन्।

National Life

गैरेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफू पुनः एमालेमै रहेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमा उनले केही व्यक्तिहरूको दबाब र प्रभावमा परेर पार्टी छोडेको घोषणा गरे पनि गहिरो सोच, अध्ययन र विश्लेषणपछि एमालेमै फर्किएको बताएका छन्।

उनले लेखेका छन्, “हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखेँ। तर गहिरो सोच, अध्ययन र विश्लेषण गर्दा नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेको महसुस गरेँ। हिजो गरेका गल्ती सच्चाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमै हिजो पनि यही थिएँ, आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।”

Classic Tech Mobile
Classic Tech Desktop

गैरेले दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रको विकासका लागि एमाले अध्यक्ष केपी शर्मा ओली नै सक्षम नेतृत्व रहेको उल्लेख गर्दै, उनलाई जिताउन पार्टी तथा संगठनभित्र रहेर सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया