• १३ असोज २०८३, मंगलबार
  • ४ः२७ बेलुका

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ आयात ५.६ प्रतिशतले बढ्यो

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार १०:१९

८ माघ,२०८२ काठमाडौं – चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट नौ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार पुस मसान्तसम्म पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी कुल नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।

National Life

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१–८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँ अर्थात ५ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वसमेत ५ दशमलव ७० प्रतिशत अर्थात २५ करोड ४२ लाख ४० हजार रुपैयाँले बढेको उनले जानकारी दिए।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अवधिमा चार अर्ब ७२ करोड छ लाख रुपैयाँ मूल्य बराबरको ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै, तीन अर्ब २२ करोड ६५ लाख रुपैयाँ मूल्य पर्ने ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको छ।

त्यसैगरी छ महिनाको अवधिमा एक अर्ब २४ करोड सात लाख रुपैयाँ मूल्य बराबरको १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास, ३७ करोड ९४ लाख रुपैयाँ मूल्य बराबरको चार हजार ११२ किलोलिटर एटिएफ र नौ करोड पाँच लाख रुपैयाँ मूल्य बराबरको ९६४ किलोलिटर मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

प्रतिकृया